१६ माघ, काठमाडौं । आज देशका पहाडी क्षेत्रको मौसममा आंशिकदेखि सामान्य बदली रहने तथा तराईका भुभागमा बाक्लो हुस्सु कुहिरो लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसबाहेक देशका अन्य भूभागको मौसम भने सफा रहनेछ । हाल नेपालमा भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
आज प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा साथै कर्णाली र सुदुरपश्चिम प्रदेशका एक÷दुई स्थानमा सामान्य हिमापातको सम्भावना रहेको छ ।