१६ माघ, काठमाडौँ / बीमा समितिबाट मंसीर १५ गते जारी कृषितथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम आइएमई जनरल इन्स्योरेन्स लिमिटेडद्वारा माघ ११ देखि १४ गते सम्म कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ । उक्ततालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरु बीच आफ्नो योग्यता तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकहरुको बीचमा राम्रो भूमिका खेली सेतुको रुपमाकाम गर्ने अपेक्षा कम्पनीले लिएको छ । उक्त तालिममा देश भरका ८० जना व्यक्तिहरुको उत्सहाजनक सहभागिता रहेको थियो ।यसबाटबीमा समितिले निर्देश गरे बमोजिम कृषि तथा पशुपन्छी बीमामा उल्लेख रुपमावृद्धिभई ग्राहकहरुले सहज रुपमाबीमा सेवाप्राप्तगर्ने अपेक्षा कम्पनीले लिएको छ ।