आर्थिक

बि.ओ.के क्यापिटलको बिशेष साधारण सभा सम्पन्न

१६ माघ, काठमाडौं । बि.ओ.के क्यापिटल लिमिटेडको बिशेष साधारण सभा  माघ १६ गते क्यापिटलको संचालक समितिका अध्यक्ष महेश मिश्रको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त साधारण सभाले संस्थाको संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने तलसिल बमोजिमको ४ (चार) जनालाई संचालक निर्बिरोध नियुक्त गरेको छ । साथै संस्थाको ७० औं संचालक समितीको बैठकले महेश मिश्रलाई पुनः ४ बर्षको लागी अध्यक्ष नियुक्त गरेको छ ।

तलसिल
१.महेश मिश्र                (प्रतिनिधि बैंक अफ काठमान्डू)
२.चन्द्रराज शर्मा          (प्रतिनिधि बैंक अफ काठमान्डू)
३.दिपक गौतम             (प्रतिनिधि बैंक अफ काठमान्डू)
४.रबिन्द्र बल्लब पन्त   (प्रतिनिधि सि.एफ.एस रेमिट प्रा.लि)