१७ माघ, काठमाडौ । उद्योगपति बिनोद चौधरीले अबको चरणमा कांग्रेसले आर्थिक क्रान्तिको नेतृत्व गर्नुपर्नेमा जोड दिएका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त चौधरीले राजनीतिक परिवर्तनसँगै प्राप्त उपलब्धि संस्थागत गर्न र जनतालाई ती अधिकार उपभोग गर्न सक्ने बनाउन अबको चरणमा कांग्रेसले आर्थिक क्रान्तिको नेतृत्व गर्नुपर्ने र त्यो शुरु भएको बताएका छन् ।
उनले गरिखाने वर्गलाई सम्मान र सहजीकरणले मात्र धेरै गरिखानेहरू जन्मने र मुलुक समृद्ध बन्ने बताएका छन् । चौधरीले शून्यबाट उद्यम र व्यवसाय गरेर सफलताको सिँढी चढ्दै गरेका देशभरका उद्यमी, व्यवसायीसँग अन्तर्क्रिया गर्न पाउँदा निकै प्रफुल्ल भएको समेत बताएका छन् ।
उनले व्यावसायिक जीवनमा संघर्षपछि सफलता पाउँदा जति खुशी र आनन्दित थिए देशभर युवाहरू गरिखाने बनेको देख्दा आँफु त्यत्तिकै हर्षित भएको बताएका छन् ।
उनको ट्वीटः