१७ माघ, काठमाडौं । नेकपाको दाहाल-नेपाल समूहको नेकपाले आज कैलालीको धनगढीमा शक्ति प्रर्दशन गर्ने भएको छ ।
दिउँसो १ बजे खुलामञ्चमा हुने सभालाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपालसहितका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । यसअघि पुस २४ मा सोही स्थानमा ओली समूहले प्रदर्शन गरेको थियो ।
पुष्पकमल दाहाल-माधवकुमार नेपाल समुहकाे प्रदर्शनलाई लक्षित गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि ओली र दाहाल-नेपाल समूहमा विभाजित नेकपाले समानन्तर बैठक तथा शक्ति प्रदर्शन गर्दै आएका छन् ।
यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपा लगाएतका दलहरुपनि संसद बिघटन गर्ने प्रधानमन्त्री ओलीको उक्त कदमका बिरुद्धमा बिरोधमा उत्रिरहेका छन् । भने संसद बिघटन बिरुद्ध सर्बाेच्चमा परेका रिटमाथि सुनुवाई जारी छ ।