राजनीति

काँग्रेसको संसद बिघटन बिरुद्धको सुनसरी प्रदर्शनमा डा कोईरालाले गर्दैछन् सम्बोधन

१८ माघ, इटहरी । नेपाली काँग्रेसले घोषणा गरेको माघ १९ गतेको भातृसंस्थाद्वारा आयोजित सरकार बिरोधी कार्यक्रममा सुनसरीमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् प्रभावशाली नेता डा शेखर कोईरालाले सम्बोधन गर्ने भएका छन् ।
नेपाली काँग्रेस जिल्ला कार्यसमितका नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघलगायतका भातृसंस्थाहरुको आयोजनामा सम्पन्न हुन लागेको उक्त इटहरीमा हुने कार्यक्रममा बिशिष्ट अतिथीको रुपमा प्रदेश नम्पर १ नेपाली काँग्रेस संसदीय दलका नेता तथा सुनसरी जिल्ला सभापति राजिव कोईरालाले सम्बोध गर्ने कार्यक्रम राखिएको छ ।
काँग्रेसले केन्द्रीय समितिको बैठकद्वारा देशभर भातृसंस्था, शुभेच्छुक संस्था तथा पार्टीको ७७ वटै जिल्लामा १९, २४ र फागुन ३ गतेका लागि संसद बिघटन बिरुद्ध देशब्यापी अचान्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ ।
केन्द्रीय नेताहरुले आआफ्नो अनुकुलता हेरेर बिभिन्न जिल्लामा सम्बोधन गर्ने निर्णय गरेअनुसार डा कोईरालाले १९ गतेको प्रदर्शनमा सुनसरीको इटहरीलाई केन्द्रबिन्दु बनाएका छन् । डा कोईराला पछिल्लो समय बिभिन्न कार्यक्रमसहितको देशब्यापी राजनीतिक भ्रमणमा देखिएका छन् ।