शिक्षा

परिक्षा बोर्डले बोलायो बैठकः आजै आउछ त कक्षा १२ को नतिजा !

१९ माघ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बैठक डाकेको छ । कक्षा १२ को नतिजा सार्वजनीक गर्ने बिषयमा छलफल गर्न राष्ट्रिय परीक्षा बोर्डले आज बिहान १० बजे बोर्ड बैठक बोलाइएको हो ।

आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी भएको छ । कोरोनाभाइरस महामारीका कारण गत मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो ।

शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको थियो । कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको थियो ।