शिक्षा

सार्वजनिक भयो कक्षा १२ को परिक्षाफल, कति बिद्यार्थि भए उत्तिर्ण ?

१९ माघ, काठमाडौं । कक्षा १२ को परिक्षाफल सार्वजनिक भएको छ । राष्ट्रिय परिक्षा बोर्डको आज बिहान बसेको बैठकले यसपालिको कक्षा १२ को परिक्षाफल सार्वजनिक गरेको हो ।

आज बिहान प्रकाशित नतिजा अनुसार नियमिततर्फ ३ लाख १० हजार ३ सय १६ परिक्षार्थिको जिपिए विवरण सार्वजनिक भएको हो । परिक्षामा देशैभरीबाट ४ लाख ३२ हजार परिक्षार्थी सहभागी भएका थिए ।

राष्ट्रिय परिक्षा वोर्ड र नेपाल टेलिकमको वेबसाईटमा गरेए परिक्षाको नतिजा हेर्न सकिने वोर्डका अध्यक्ष प्राध्यापक डाचन्द्रमणी पौडेलले जानकारी दिएका छन् । यस्तै नतिजाअनुसार ३.६१ देखि ४ जीपीए ल्याउनेको संख्या ६९१६ जना रहेको छ भने ३.२१ देखि ३.६० जीपीए ल्याउने परीक्षार्थीको संख्या ३८ हजार ४८० जना रहेको छ यस्तै २.८१ देखि ३.२० जीपीए ल्याउनेको संख्या १ लाख ९ हजार ३१२ जना रहेको छ ।

यस्तै २.०१ देखि २.४० जीपीए ल्याउनेको संख्या ५२ हजार ४२७ जना रहेका छन् । यस्तै १.६१ देखि २.० जीपीए ल्याउनेको संख्या ७ हजार १६४, १.२१ देखि १.६० जीपीए ल्याउनेको संख्या ३३३, ०.८१ देखि १.२० जीपीए ल्याउनेको संख्या ४ र ०देखि ०.८० जीपीए ल्याउनेको संख्या १८ हजार ८८९ रहेको छ ।

बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको छ । कोरोना संक्रमणका कारण बैशाखमा हुन नसकेको कक्षा १२ को परिक्षा मंसिर ९ बाट सुरु भएको थियो ।