आर्थिक

महिला वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा नेपालएसबिआई मर्चेन्ट बैकिङ्ग नियुक्त

१९ माघ, काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिलखारेज गर्ने, नामसारी गर्ने र शेयरवालाहरुको लगतअद्यावधिक गरी राख्ने लगायत शेयर रजिष्ट्रेशन सँग सम्बन्धित सम्पूर्ण कार्यहरु नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडल गर्नेभएको छ । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृतश्री देवराजअधिकारी र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले यस सम्बन्धी सम्झौतापत्रमा हस्ताक्ष गरे ।
उक्तकम्पनीको शेयर रजिष्ट्रार (च्त्क्) सम्बन्धि सेवाप्रारम्भ हुने मिति सार्वजनिक सूचनामार्फत सर्वसाधरण शेयरधनीहरुलाई जानकारी गराईने छ ।

(एनएसएमबिएलका प्रबन्ध संचालक तथा प्रमुखकार्यकारी अधिकृत देवराज अधिकारी र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपाने सम्झौतापत्र आदान प्रदान गर्नुहुँदै)
नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपालएसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।