आर्थिक

आइएमई मोटर्सद्वारा ग्राहकहरुलाई VIKING 222 मोडलका बस हस्तान्तरण

१९ माघ, काठमाडौँ / आइएमई ग्रुपअन्तर्गत संचालितआइएमई मोटर्स प्रा. ली. द्धारा प्रवद्धितअशोक लेलैण्डले ‘काठमाडौंमा एक कार्यक्रम गरी VIKING 222मोडलका बसहरु आफ्ना ग्राहकहरुलाई हस्तान्तरण गरेको छ । कम्पनीकाअनुसार हस्तान्तरण गरिएका सम्पूर्ण गाडिका मोडलहरु २०२१ कारहेका छन् । साथै यो अवसरमा VIKING 222, १०० वटा भन्दापनि बढि बाटोमा गुडिरहेको कम्पनीले जनाएको छ ।

कम्पनीकाअनुसार आज डेलिभरी गरिएका २०२१ मोडलका बसहरुयस वर्षपहिलो पटक नेपालमा गुड्ने छन् । गाडि लिने मध्ये एकग्राहकको भनाईउदरित गर्दै, यो गाडि मैले पहिलो पल्ट लिएको हैन, म सँग १० ओटा VIKING बसहरु छन्जुनअहिले पनिपुर्व पश्चिम रुटहरुमा मज्जाले चल्दै आएका छन्, ग्राहकहरुको माग अनुसार आरामदायीयात्रा साथै राम्रो कमाई हुने भएकाले VIKING 222 लाई नै रोजे र साथिहरुलाई अरु ब्राण्ड तिर नजानपनि सलाह दिन्छु भनेका छन् ।

VIKING 222, रुट बसमाचल्ने बस मध्ये सबैभन्दा रुचाएको बस हो । यसमाइनलाईन फ्युलपम्प हुनुका साथै एचसिरिज इन्जिन रहेको छ जस्ले गर्दा इन्धनकमखपत हुन्छ, साथै सबैभन्दा कम मर्मत खर्च लाग्छ ।VIKING 222 माओभर ड्राईभ गियर बक्सले कामगर्ने भएको हुदा १८० एचपीइन्जिनको साथमा द्रुतगतिको आरामदायीयात्रागर्न सकिन्छ । रियर एयल सस्पेन्शन, डारिरेक्ट ड्राइभ, इनलाईन फ्युलपम्प साथै धेरै माइलेजले गर्दा यो गाडि अरु गाडि भन्दा फरक र बिश्वासिलो रहेको सेल्स हेड सुशिल सुबेदीले बताउनु भयो ।

नेपालमा हरेक लामो दुरी रुटमा VIKING गाडिहरु चल्दै आएका छन् । अत्याधिकमागअनुसार कम्पनीले ग्राहकवर्ग हरुलाई बिशेष सर्भिस पनिदिदै आएको छ । आफ्ना १३ ओटा सर्भिस नेटवर्क बाट सर्भिस लिन सकिने हुदाकुनै पनि ठाउँमा गाडि बिग्रिएमा सजिलै पार्टस र सर्भिस पाउन सकिने कम्पनीले जनाएको छ ।