१९ माघ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुङले निरङ्कुश ओलीतन्त्रको बिरुद्ध आन्दोलनको आँधीवेहरी ल्याउन ढिला नगरौं भन्दै सार्बजनिक अपील गरेका छन्। उनले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै नेपालमा ओली सरकारको असंवैधानिक कदम र अमेरिकामा ट्रम्पको बलजफ्ती तमासा पछि म्यानमारको सैन्य ‘कू’ ले संसारमै लोकतन्त्रमाथि थप चुनौती देखिएको भन्दै उक्त अपील गरेका हुन् ।
उनको ट्वीटः नेपालमा ओली सरकारको असंवैधानिक कदम र अमेरिकामा ट्रम्पको बलजफ्ती तमासा पछि म्यानमारको सैन्य ‘कू’ ले संसारमै लोकतन्त्रमाथि थप चुनौती देखियो। यस संदर्भमा म्यानमारको सैन्य ‘कू’ को सशक्त बिरोध गरौं साथै नेपालको निरङ्कुश ओलीतन्त्रको बिरुद्ध आन्दोलनको आँधीवेहरी ल्याउन ढिला नगरौं।