२० माघ, काठमाडौँ / मुक्तिनाथ विकास बैंकले डिजिटल कारोवारलाई उच्च प्राथमिकता दिदै नेपालको यातायात क्षेत्रमा पनि QR मार्फत भुक्तानी लिने कार्यको सुरुवात गरेको छ । काठमाण्डौं उपत्यकाभित्र संचालनमा रहेको नेपाल यातायात ऐक्सप्रेस प्रा.लि. संग बैंकले संझौता गरीक्यू आर कोड मार्फत भुक्तानी लिने कार्य आजबाट सुचारु गरिएको छ ।उक्तकार्यक्रमको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष भरत राज ढकालले गरेका छन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, नेपाल यातायात समितिका अध्यक्ष गोपालगुरुङ्ग, बैंकका कर्मचारीहरु, यातायात व्यवसायी तथा ग्राहक वर्गहरुको उपस्थिती रहेको थियो ।
नेपाल यातायातको बसमा यात्रा गर्ने यात्रीहरुले बसमा भएको मुक्तिनाथ बैंकको क्यू आर कोड स्क्यान गरी डिजिटल रुपमा भाडा बापतको रकम भुक्तानी गर्न सक्नेछन् । यातायात क्षेत्रमा यो व्यवस्था गर्नाले खुद्रा पैसा सटहीको समस्याबाट मुक्ती पाईने,नोटको हिफाजतमा बृद्धि हुने साथै कोरोनाबाट बच्नपनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न VISA Network अन्तर्गतको जुन सुकै बैंकको ATM बाट विनाकुनै शुल्क रकमझिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स रकम जम्मा गर्ने आदि सेवाहरु बैंकको शाखामाउपस्थितनभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।