२० माघ, काठमाडौँ । कामना सेवा विकास बैंकले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै कन्टयाक्टलेस भिसा डेविट कार्डको सञ्चालनमा ल्याएको छ । Near Field Communication (NFC) मा आधारित उक्त कार्ड NFC युक्तअर्थात ट्याप सुविधा भएको POS मेसिनहरुमा प्रयोग गर्न सकिन्छ । यस प्रविधिमा मेसिनभित्र कार्ड नराखी एउटा सिमित दुरीबाट POS मेसिनमा ट्यापमात्र गरी भुक्तानी गर्न सकिन्छ । यो प्रविधी सरल एवं सहजहुनुका साथै हालको कोभिडको जोखिममा कसैसगँ नछोइकन कारोबार गर्न सकिन्छ । हाललाई यस प्रविधिमार्फत प्रति कारोबार दुई हजार रुपैयाँ सम्म बिनापिन कारोबार गर्न सकिन्छ ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा१२४ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा६६ वटा ATMमार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदानगर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, Internet Baking, C-ASBA, Social Media Banking लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।