राजनीति

ओली सरकारद्वारा स्वेच्छाचारी ढंगले नियुक्ति र सरुवा-बढुवाः नेता आचार्य

२१ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य महेश आचार्यले ओली सरकारले स्वेच्छाचारी ढंगले नियुक्ति र सरुवा-बढुवा गरेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै पुर्व अर्थमन्त्री समेत रहेका आचार्यले ओली सरकरको उक्त कार्यको बिरोध समेत जनाएका छन् ।

उनले जनताको नजरमा संविधान विरोधी र काम चलाउ बनेको सरकारले दीर्घकालिन प्रभाव र दायित्व सिर्जना गर्ने कुनै निर्णय गर्न नहुने विधि र लोकतान्त्रिक आचरण विपरित  स्वेच्छाचारी ढंगले नियुक्ति र सरुवा-बढुवा भईरहेको भन्दै टिप्पणी गरेका छन् ।

नेता आचार्यले भुमिहिनका लागि विगत ३ बर्षसम्म सिन्को नभाच्ने सरकार अहिले गुटगत राजनीतिक प्रपञ्चका लागि जग्गा वितरण गर्ने नाममा भुमि आयोगमा विधि विपरीत मनपरी नियुक्ति गरेको भन्दै आलोचना गरेका छन् ।

उनले वन सम्पदाको वैज्ञानिक उपयोग, वन उपभोक्ताको र वन क्षेत्रका श्रमिकको दीर्घकालिन हित तथा जैविक विविधता संरक्षणलाई गंभीर आघात पार्ने गरी कामचलाउ सरकार किन वैज्ञानिक वन व्यवस्थापनको संरचना विधि विपरीत खारेज गर्दैछ भन्दै प्रश्न समेत गरेका छन् ।

नेता आचार्यले सरकार द्वारा विधिको शाशन र लोकतान्त्रिक आचरणको यस्तो गंभीर उलंघन लोकतन्त्रमाथि फेरि अर्को डरलाग्दो प्रहार भएको बताएक छन् । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णय असंवैधानिक भएका कारण सर्वत्र आलोचना भईरहदा ओली नेतृत्वको सरकारले झनै लोकलज्जा त्याग्ने र विधि भत्काउने थप निर्णय धमाधम गरेको बताए ।

प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेर स्वयं तिन महिने कामचलाउ सरकार बनेको ओली सरकारले संवैधानिक परिषद्का दुई जना पदेन सदस्य-उप सभामुख र विपक्षी दलको नेता उपस्थित हुन नपाउने र सभामुखको उपस्थिति पनि संशयमा परेको बेला संवैधानिक परिषदको बैठक बोलाउने कोशिश गर्नु विधि र संविधानको धोर बेवास्ता भएको धारणा व्यक्त गरेका छन् ।

उनको स्टाटस्ः