२१ माघ, काठमाडौं । नेकपाले आज २३ गतेको जनसभाको तयारीका लागि आज बृहत मोटरसाईकल र्याली आयोजना गरेको छ । नेकपा अध्यक्ष एबम् प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भनिएको बागमती प्रदेश स्तरीय काठमाडौमा २३ गते हुने जनसभाको तयरीका लागि ललितपुरको बालकुमारीदेखी रत्नपार्क हुँदै तीनकुनेसम्मका लागि मोटरसाईकल र्यालीको आयोजना गर्न लागिएको हो ।
पर्सि ओली पक्षीय नेकपाले काठमाडौंमा बिशाल प्रदर्शन गर्दै जनताको सरकारलाई ब्यापक प्रदर्शन छ भन्ने देखाउन लागेको छ भने अर्को नेपाल–दहाल पक्षीय नेकपाले दैनिक जसो सरकारको बिरोधमा प्रदर्शन गरिरहेको छ । आज १२ बजेदेखी शुरु हुन गईरहेको मोटरसाईकल र्यालीको प्रचार ओली पक्षय नेताहरुले सामाजिक सञ्जालमार्फतसमेत ब्यापक प्रचार गरिरहेका छन् । १२ बजेदेखी बालकुमारी पुल, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, त्रिपुरेश्वर, एनएमसी, जमल, दरबारमार्ग, नारायणहिटी, जयनेपाल हल। कमलपोखरी, रातोपुुल, गौसाला, एयरपोर्ट हुँदै तीनकुनेमा आएर समाप्त हुनेछ । आयोजकले हजारौं मोटरसाईकल सहभागीहुने दाबी गरेको छ ।
आजको र्यालीले नेपाल–दहाल पक्ष ओली पक्षसंग आत्तिने अनुमान राजनीतिकबृतमा छलफल हुन थालेको छ भने २३ गतेको जनसभा बिशाल हुने प्रधानमन्त्रीले सार्बजनिक रुपमा नै बताईसकेका छन् । नेपाल–ओली पक्षले भने ओली पक्षीय प्रदर्शनलाई पञ्च भेलाको संज्ञा दिएको छ । दुबै नेकपाको आधिकारिकताको बिषय भने निर्बाचन आयोगले टुंग्याएको छैन, आफूहरु नै आधिकारिक नेकपा हौं भन्ने दुबै पक्षको दाबी यथावत छ ।