राजनीति

काम चलाउ प्रधानमन्त्रीको संबैधानिक आयोगमा नियुक्ति गराउने कार्य निन्दनीयः भिम रावल

२१ माघ, काडमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता डा.भिम रावलले संबैधानीक आयोको नियुक्तिलाई लिएर कटाक्ष गरेका छन् । सामाजिक सञ्जाल ट्वीट माफर्त नेता रावलले काम चलाउ प्रधानमन्त्री ओलीको संबैधानिक आयोगमा नियुक्ति गराउने कार्य निन्दनीय रहेको टिप्पणी गरेका छन् ।

संवैधानिक निकायमा सिफारिस गरिएकाहरुलाई आज बिहान राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गराइएको बिषयलाई लिएर उनले यस्तो ट्वीट गरेका हुन् । आज बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरूलाई शपथ गराएका हुन् ।

उनले सर्वोच्च अदालतमा मुद्धा चलिरहेको स्थितिमा संसदीय सुनुवाइको प्रक्रियामा नै प्रवेश नगरी विभिन्न संवैधानिक आयोगमा नियुक्ति र शपथ गराउने काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको काम संविधान कुल्चिने र लोकतन्त्रमाथि प्रहार गर्ने अर्को स्वेच्छाचारी कार्य भएको भन्दै आलोचना समेत गरेका छन् । उनले कामचलाउ सरकारको उक्त कार्यको निन्दा तथा भत्सना समेत गरेका छन् ।

उनको ट्वीटः सर्वोच्च अदालतमा मुद्धा चलिरहेको स्थितिमा संसदीय सुनुवाइको प्रक्रियामा नै प्रवेश नगरी विभिन्न संवैधानिक आयोगमा नियुक्ति र शपथ गराउने काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको काम संविधान कुल्चिने र लोकतन्त्रमाथि प्रहार गर्ने अर्को स्वेच्छाचारी कार्य हो । यो निन्दनीय छ ।