आर्थिक

तिनकुने स्थित हरित सामुदायिक कृषिबजारमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

२१ माघ, काठमाडौँ । डिजिटल बैंकिङ्गकारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लि. ले राजधानिको तिनकुने स्थित हरित सामुदायिक कृषिबजारमाक्युआर कोड सेवा संचालनमा ल्याएको छ । बुधबार बिहाननेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसादअधिकारीज्यूले तिनकुने स्थित हरित सामुदायिक कृषि बजारमा क्यूआर कोडमार्फत् भुक्तानी गरी उक्त सेवाको सुरुवात गरेकोे हो ।
उक्तक्युआर कोड सेवा सुरु भएसंगै हरित कृषिबजारमा तरकारी तथा फलफुल किन्नको लागिजाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरीआफुले खरिद गरेको तरकारी तथा फलफुल रकमपसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् ।
उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गर्भनर महा प्रसाद अधिकारीले कृषिबजारमा माछापुच्छ्रे बैंकले सुरु गरेको क्युआर कोड सेवाले भुक्तानी प्रणालीमा आधुनिकीकरणको सुरुवात गरेको बताउदै यस्तो प्रणालीले कारोबारमा पारदर्शिता ल्याउने हुदाँ भविष्यमा आफ्नो व्यापार व्यवसायको बृद्धिको ऋण लिन व्यवसायीलाई सहजहुने कुरा बताए । साथै उनले नेपाल राष्ट्र बैंक डिजिटल कारोबारलाई अझ प्रभावकारी बनाउन थप कार्यक्रमहरु ल्याउने योजनामा रहेको समेत जानकारी गराए ।
उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसादमहतो ज्यूले तरकारी तथाफलफुलबजारमा सुरु गरिएको क्युआर कोड सेवाले डिजीटल कारोबारलाई हरेक तह र तप्कासम्म पुर्याउने माछापुच्छ्रे बैंकको अभियानमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
त्यसैगरि सोही कार्यक्रममा बोल्दै हरित कृषि सहकारी संस्थालि.काप्रमुखकार्यकारी अधिकृत कोमल बरालले माछापुच्छ्रे बैंकले सुरु गरेको क्युआर कोड सेवाले तरकारी तथा फलफुल व्यवसायी तथा उपभोक्तालाई डिजिटल बैंकिङ्गको पुहुच पुर्याउने विश्वास व्यक्त गरे ।
उक्तकार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले तरकारी किनेर क्युआर कोड मार्फत उक्त तरकारीको रकम भुक्तानी गरि क्युआर कोड सेवाको शुभारम्भ गरेका थिए ।
सो बजारमा रहेकाकुल १५३ तरकारी स्टलमध्ये १०० वटामा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा सुरु भइसकेको छ ।
स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमा झल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाताएंव मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमा झल्याइ सकेको छ ।