२१ माघ, काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेड र Yum Yum क्याफे बिच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहकहरुलाई ८ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्झौता पश्चात् ग्राहकहरुले Yum Yum क्याफेको सेवाहरु उपभोग वापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको ८ प्रतिशत छुट पाउनुहुनेछ । Yum Yum क्याफेले ललितपुर जिल्लाको झम्सीखेलबाट सेवा ग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र Yum Yum क्याफेका निर्देशक मौसमी श्रेष्ठले हस्ताक्षर गरे ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।