आर्थिक

ट्राफिक नियम उल्लङ्गन गरे बापतको जरिवाना connectIPS प्रणाली मार्फत भुक्तानी

२१ माघ, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा अन्तर्गत ट्राफिक नियम उल्लङ्गन गरे बापतको कसुरमा बुझाउनु पर्ने जरिवाना रकमconnectIPS  प्रणालीमार्फत बैंक खाताबाट अन्लाईन नै गर्न सकिने कार्य महानगरीय ट्राफिक प्रहरी महाशाखाको एक विशेष कार्यक्रममार्फत आज शुभारम्भ गरिएको छ ।उक्तसेवासँग सम्बन्धित सम्झौतापत्रमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराइ तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिहं प्रधानबाट हस्ताक्षर भएको छ ।

उक्तभुक्तानीको लागि सेवा ग्राहीले www.connectips.com मा लगइन गरी आफ्नो युजरनेम रपासवर्ड प्रयोग गरी Dashboard मा रहेको “सरकारी भुक्तानी”भित्र“नेपाल ट्राफिक पुलिस” छनोट गर्नुपर्ने हुन्छ । त्यस पछी भुक्तानी गर्ने आफ्नो बैंक खाता छनोट गरी ट्राफिकले दिएको चिट नम्बरर आर्थिक वर्ष दाखिला गरी सजिलै भुक्तानी गर्न सकिन्छ । यसरि गरिएको भुक्तानी महाशाखाको तोकिएको बैंकमा सिधै जम्मा हुन्छ भने ट्राफिकको सिस्टममा पनि उक्तभुक्तानीको विवरण जान्छ।

ट्राफिक जरिवानाको भुक्तानी अन्लाईनबाट भए लगतै अब सेवाग्राहीले बैंक शाखा नै पुगेर जरिवाना रकमजम्मा गर्नुपर्ने बाध्यताको अन्त्यभएको छ भने यस सेवालाई आगामी दिनमा एनसीएचएलमा आबद्ध बैंक वित्तिय संस्थाकामोबाईल/इन्टरनेट बैंकिङ्ग एवम् अन्य आबद्ध PSP/Wallet मार्फत पनि भुक्तानी गर्न सकिने गरी विस्तार गरिने जनाइएको छ ।

connectIPS  e-payment प्रणालीमा ५३ बैंक तथावित्तिय संस्थाहरु सदस्यको रुपमा आबद्ध रहेका छन् । हाल यस प्रणाली मार्फत नेपाल सरकारको विभिन्न निकायहरु, महालेखा परीक्षक कार्यालय, आन्तरिक राजस्व कार्यालय, लोक सेवाआयोग, कम्पनी रजिष्ट्रारको कार्यालय, राहदानीविभाग, नेपाल राष्ट्र बैंकको परिक्षाको आवेदन शुल्क, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायतका निकायहरुको भुक्तानी संकलन तथा भुक्तानीका कारोबारहरु हुदै आएका छन् ।

थप जानकारीका लागि www.connectips.comमा हेर्नुहोला ।