२१ माघ, काठमाडौँ । सन्राइज बैंक लिमिटेडले सिराहा जिल्लाको कल्यानपुर नगरपालिका ७, भेडीयामा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ६९ पुगेको छ । बैंकले कल्यानपुर नगरपालिका ७ भेडीयामा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा दिपेन्द« शाहलार्ई नियुक्त गरेको छ ।
बुधबार, मिति २०७७/१०/२१ मा आयोजित एक कार्यक्रममा प्रमुख अतिथिमा जिल्ला समन्बय समिति का सिराहाका अध्यक्ष राम चन्द« ठाकुर, वडा नं.७ का अध्यक्ष राम कुमार श्रेष्ठ र बैंकका प्रदेश नं २ का प्रमुख रोहित कुमार महाशेठको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा सन्राइज बैंकका मिरचैंया शाखाका शाखा प्रबन्धक र अन्य बैंकका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।
हालसम्म सन््राइज बैंकले १३९ वटा शाखा, ६९ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १५५ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।