२२ माघ, दुहवि । ‘जनतासंग नगर प्रमुख कार्यक्रम’ अन्तरगत दुहबि नगरपालिकाले गत आर्थिक बर्ष ७६/७७ देखि सुरुगरेको नगरभरिका १२ ओटै वडाका आखाका बिरामिहरुको निःशुल्क उपचार कार्यक्रम यस बर्ष पनि निरन्तरता दिएको छ। आ. ब. ७७/७८ को सुरु खन्डका पाचौ दिन वडा नम्बर १२ पुर्वकुशाह स्वास्थ चौकिमा उक्त कार्यक्रम सम्पन्न भयो।निशुल्क आखा उपचार कार्यक्रमको उक्त स्वास्थ्य चौकिमा उपचारका लागि आएका बिरामिहरुसँग प्रत्यक्ष भेटघाट गर्दै नगर प्रमुख बेद गच्छदारले आफु नगरमा हुन्जेलसम्म आखा सम्बन्धी कोहि कसैले रोगि हुन नपर्ने र दृस्टी गुमाएर अन्धकार जिबन ब्यतित गर्न पर्ने बाध्यता हुन नदिने बताए। मोतियाबिन्दु, जलबिन्दु र आँखामा माशुपलाएको बिरामिको निःशुल्क उपचार गरिदिने बचन दिए। स्थलगत अनुगमनका क्रममा गच्छदारले स्वास्थकर्मि हरुको सेवा प्रवाह र बिरामिहरुको अवस्था बुझेका थिए।
यस अघि सोनापुर, सिमरिया, दुहबिका बिभिन्न स्थानमा सन्चालन गरिएको उक्त आखा जाँच तथा उपचार कर्यक्रममा ७३१ जनाले सेवा पाइ सकेका छन् । पाँचौ दिन पुर्व कुशाहामा सन्चालित क्लिनिकमा २९१ जनाको आखा जाच गरिए मध्ये ६६ जना मोतिबिन्दु र २० जना आखामा मासु पलाएको बिरामिहरु फेला परेका थिए, ति सबै खाले बिरामिहरुलाइ बिराटनगर आँखा अस्पताल रानी निःशुल्क उपचारका लागि पठाइएको छ। गत साल ३३३ जना ले उक्त सेवा पाएका थिए भने यो साल पाचौ दिन सम्म १०२२ जनाले सेवा लिइ सकेका छन्।
पैसा नभएकै कारण गरिबहरुले जिबनभरि अन्धो भएर बाच्नु पर्ने बाध्यता नहोस भन्दै मेयर गच्छदारले ‘जनतासँग नगर प्रमुख कार्यक्रम’ मार्फत सेवा प्रदान गरेका छन्। बिरामिको प्रकृति हेरि आँखा उपचारमा ३५ सय देखि १८ हजार सम्म एक जनाको उपचार खर्च लाग्ने छ। गरिबहरुलाई उक्त रकम फलामे चिउरा हुन्छ। यस्ता बिरामिको निःशुल्क उपचारको चाँजो मिलाएर यतिबेला गच्छदार गरिबको साहरा अनि दृस्टिदाता बनेका छन ।