समाचार

बेपत्ता व्यक्तिको छानबिन आयोग अध्यादेश जारी

२३ माघ, काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन, अध्यादेश, २०७७’ जारी गरेका छन् ।
राष्ट्रपतिले संविधानको धारा २१४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज सो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाएका छन् ।