आर्थिक

ग्लोबलआइएमई बैंकको २६८औं शाखा धनुषाको ढल्केबरमा

 २३ माघ, काठमाडौँ ।  ग्लोबल आइएमई बैंक लिमिटेडले धनुषा जिल्लाको ढल्केबरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकद्वारा आयोजित विशेष कार्यक्रमबीच धनुषा जिल्लाको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा नयाँ शाखाको उद्घाटन गरेका छन् ।
नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखाका र्यालयहरुको संख्या २६८ पुगेको छ ।
शाखा उद्घाटन समारोहमा बोल्दै बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले नेपाल सरकार तथा नियामक निकायको नीति तथा कार्यक्रमहरुलाई पालनगर्दै आफ्नो सेवालाई विस्तार गरेको बताए ।
“सबैकालागि बैंक”भन्ने मुलनारालाई चरितार्थ गर्दै बैंकले मुलुकका७४ वटा जिल्लाबाट सेवा प्रदान गर्दै आएको बताउँदै उहाँले बैंकिङ्ग सेवाको पहुँचभन्दा टाढा रहेकाअन्य क्षेत्रमापनि सम्भव भएसम्म शाखा विस्तार गर्दै वाशाखा रहित बैंकिङ्ग सेवाका माध्यमबाट सेवा प्रदान गर्ने बताए ।
उहाँले बैंकले अबका दिनमा थप सबल र सक्षमबन्दै मुलुकका सबै जिल्लाबाट सरल बैंकिङ्ग सेवा प्रदान गर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी बास्तोलाले ग्लोबल आइएमई बैंक मुलुककै एक उत्कृष्ट बैंकको रुपमा स्थापितहुनेगरी कामगर्न सुझाव दिए ।
कार्यक्रममा मिथिला उद्योग वाणिज्य संघका अध्यक्ष तेजनारायण साह, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार साह, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अमरेश चन्द्र बैदार, थाहाउद्योग वाणिज्य संघका अध्यक्ष दिनेश कुमार श्रेष्ठ तथा मिथिलानगरपालिका वडा नं. ६ का अध्यक्ष भक्तबहादुर बलम्पाकीलगायत विभिन्न राजनितिकदलका प्रतिनिधि, स्थानीय व्यवसायी, बैंकका कर्मचारी, पत्रकार तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्गसेवाको पहुँच पु¥याउने उद्देश्यले देशका ७४ जिल्लामा फैलिएको २६८शाखा सञ्जाल सहित २४० एटिएम, ४७एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४५शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्र्पक कार्यालय मार्फतआफ्ना २२ लाखभन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।