२५ माघ, काठमाडौं । सामाजिक अभियान्ता डा समीरमणि दिक्षितले मोटराईकलको पछाडि बस्नेलाईसमेत हेल्मेट अनिबार्य गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् । उनले ट्वीटरमा एउटा घटनालाई जोड्दै उक्त आग्रह गरेका हुन् । कहिले हेल्मेट लगाउनुपर्ने त कहिले अगाडीकोलेमात्र लगाउनुपर्ने नियम ट्राफिक प्रहरीले बनाईरहेका बेला डा दिक्षितले पछाडि बस्नेले पनि लगाउनुपर्ने नियम बनाउन सुझाव दिएका हुन् ।
उनको ट्वीटः बेगमा चलिरहेको मोटरसाइकलको पछाडी सवार एक महिला हुत्तिएर सडकमा पच्छारिएको देखें । भाग्यवस टाउको भन्दा जिउले भार धान्न सफल भयो, साधारण चोटपटक सहित उम्किनुभयो । टाउकोमा चोट लागेको भए अवस्था आर्कै हुन्थ्यो । कृपया पछाडि बस्नेलाइ पनि हेल्मेट अनिवार्य गराउनतर्फ सबैले पहल गरौं !