कर्णाली प्रदेश

हिरासतबाट फरार थुनुवा पक्राउ

२५ माघ, खलङ्गा / जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासतबाट शनिबार राति फरार रहेका तीन थुनुवालाई पक्राउ गरिएको छ । प्रहरीको हिरासतबाट राति २ः०० बजे भागेका तीनजनालाई आज बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिएसपी माधव काफ्लेले बताए ।
चन्दननाथ नगरपालिका–४ का ज्यान मुद्दाका थुनुवा यज्ञ सार्की, खगेन्द्र सुनार र सवारी ज्यान मुद्दाका थुनुवा नितेश शाही रातिदेखि फरार भएका थिए । सुरक्षा व्यवस्थापनमा कमजोरी हुँदा थुनुवा फरार भएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले बताए ।
फरार रहेका तीनैजनालाई चन्दननाथ–९ बाट प्रहरीले पक्राउ गरिसकेको छ । सो विषयमा थप अनुसन्धान भइरहेको र प्रदेशस्तरीय छानबिन समिति गठन हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।