आर्थिक

तयारी पोशाक व्यवसायीहरुलाई सहुलियत पूर्ण कर्जाको लागि आवश्यक परामर्श सेवा उपलब्ध

२५ माघ, काठमाडौँ । तयारी पोशाक व्यवसायीहरुलाई सहुलियत पूर्ण कर्जा तथाआवश्यक परामर्श सेवा उपलब्ध गराउने सम्बन्धमा मेगा बैंक नेपाल लिमिटेडका तर्फबाट प्रमुख, साना तथा मझौला कजा जनक भट्टराई, मेगा क्यापिटल मार्केट्स लिमिटेडको तर्फबाट प्रमुखकार्यकारी अधिकृत सवीर बादे श्रेष्ठ, नेपाल स्थानीयतयारी पोशाकउत्पादक संघकोतर्फबाट अध्यक्ष किशोर नेपालबीच २४गते शनिबारको दिन त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

जसमा मेगा क्यापिटल मार्केट्स लिमिटेडले तयारी पोशाक उत्पादन गर्ने उद्यमी व्यवसायीहरुको व्यवसाय तथा कम्पनी दर्ताको निमित्त आवश्यक कागजात तयार गरिदिने र दर्ताको लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने, आवश्यकता अनुसार वित्तीय सल्लाह, वित्तीयप्रक्षेपण लगायतका बैंकमा कर्जाको लागि आवश्यककागजातहरु तयार गरिदिने तथा आवश्यकता अनुसार सम्बन्धित उद्यमी व्यवसायको प्रतिनिधित्व गरी कर्जा स्वीकृतिको प्रक्रियामा सहयोग गर्नेछ ।

यसले स्थानीय स्तरमा तयारी पोशाक उत्पादकहरुको वित्तीयपहुँच बढाई व्यवसाय वृद्घि तथाविस्तारमा सहयोग पुग्नु र यसबाट राष्ट्रको आत्मनिर्भरता अभियानमा टेवा पुग्नुका साथै साना तथा मझौला उद्ममी र उनीहरुसँग आवद्ध मजदुरको जीवन स्तरमा सुधार हुने अपेक्षा गरिएको छ ।