पु.समाचार

दमनको प्रश्नः किशोरी रातोदिन असुरक्षित, कहिले सकिएला हाम्रो देशमा ?

२६ माघ, काठमाडौं । पुर्व सभामुख दमननाथ ढुंगानाले मुलुकमा पछिल्लो समय भईरहेको बालिका बलात्कार पछि हत्याका घटनालाई लिएर प्रश्न गरेका छन् । सामाजिक सञ्जाल ट्वीट माफर्त ढुंगानाले किशोरी रातोदिन असुरक्षित, कहिले सकिएला हाम्रो देशमा भन्दै प्रश्न गरेका हुन् ।

उनले बैतडिकि किशोरी भागिरथी भट्ट र निमर्लापन्तको लगाएत मुलुकमा तमाम बलात्कार घटना बढेकोप्रति दुःख व्यक्त गर्दै यस्तो ट्वीट गरेका हुन् । ढुंगानाले अहिले मुलुकमा ओली सरकारको कारण संविधानै असुरक्षित भैरहेको बेला, भागिरथी भट्टको बलात्कारी-हत्यारा खोजीमा राज्य सकृयता के होला ? भन्दै आसंका समेत प्रकट गरेका छन् ।

उनले ज्यू धन सरकारको भन्ने पुरानो मान्यता निर्मला पन्तको बलात्कार-हत्यामा चरितार्थ देख्नुपर्यो भन्दै अनुसन्धान समेत खुल्लंखुल्ला दबाइएको बताएका छन् । निर्मला पन्तका बलात्कारी र हत्यारा पक्राउ नपर्दै सुदुरपस्चिको बैतडीकि भागरथि भट्टको बलात्कार पछि हत्या भएपछि सबैलाई उक्त घटनाले अत्यन्तै दुःखी बनाएका बेला उनले यस्तो बताएका छन् ।

बिद्यायलबाट फर्कैंदै गर्दा केहिदिनअघि जंगलमा बलात्कार पछि हत्या गरेको अवस्थामा भट्टको सव फेला परको थियो । साथै भट्टको बलात्कारमा संलग्नलाई तत्काल पहिचान गरी कारबाही गर्न बिभिन्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेकपा, लगाएत बिभिन्न राजनीतिक दलले सरकारसंग माग समेत गरेका छन् ।

उनको ट्वीटः ज्यू धन सरकारको भन्ने पुरानो मान्यता निर्मला पन्तको बलात्कार-हत्यामा चरितार्थ देख्नुपर्यो । अनुसन्धान समेत खुल्लंखुल्ला दबाइयो । संविधानै असुरक्षित भैरहेको बेला, भागिरथी भट्टको बलात्कारी-हत्यारा खोजीमा राज्य सकृयता के होला ? किशोरी रातोदिन असुरक्षित, कहिले सकिएला हाम्रो देशमा ?