राजनीति

जनताको सेवा गर्नु नै साँचो अर्थमा सुशील दा प्रतिको सच्चा श्रद्धाञ्जलिः महामन्त्री डा शसाँक

२६ माघ, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शसाँक कोईरालाले आजको राजनीतिमा स्व।सुशील दाको सादगी जीवनशैली, नैतिकता र राष्ट्रप्रतिको जावफदेहीता हामी सबैका लागि अनुकरणीय भएको बताएका छन् ।
नेपाली काँग्रेसका पुर्व सभापति तथा पुर्व प्रधानमन्त्री स्व शुसील कोईरालाको स्मृति दिवशका अवशरमा महामन्त्री डा कोईरालाले संविधानको रक्षा, लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र जनताको सेवा गर्नु नै साँचो अर्थमा सुशील दा प्रतिको सच्चा श्रद्धाञ्जलि रहनेछ भनेका छन् ।
उनले पूर्व प्रधानमन्त्री, नेपाली कांग्रेसका तत्कालीन सभापति, संविधानका पिता, निष्ठा र त्यागका प्रतिमूर्ति आदरणीय सुशील दाको छैठौं स्मृति दिवसको सन्दर्भमा उहाँप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गरेका हुन् ।
डा कोईरलाकै शब्दमाः पूर्व प्रधानमन्त्री, नेपाली कांग्रेसका तत्कालीन सभापति, संविधानका पिता, निष्ठा र त्यागका प्रतिमूर्ति आदरणीय सुशील दाको छैठौं स्मृति दिवसको सन्दर्भमा उहाँप्रति हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछु । आजको राजनीतिमा स्व।सुशील दाको सादगी जीवनशैली, नैतिकता र राष्ट्रप्रतिको जावफदेहीता हामी सबैका लागि अनुकरणीय छ । संविधानको रक्षा, लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र जनताको सेवा गर्नु नै साँचो अर्थमा सुशील दा प्रतिको सच्चा श्रद्धाञ्जलि रहनेछ ।
जय नेपाल ।।।