सामाजिक सञ्जाल

मनिशा कोईरालाको प्रश्नः शरणार्थीलाई नागरिकता दिँदै जाँदा भोलि हुन सक्ने प्रत्यायोजित कामकोजिम्मा कसले लिने ?

२६ माघ, काठमाडौं । बलिउड अभिनेतृ मनिशा कोईलाले भुराजनीतिक र सुरक्षा संवेदनशिलताको विषयलाई लिएर नेपाल सरकारलाई प्रश्न गरेकी छिन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त अभिनेतृ कोईरालाले शरणार्थीलाई नागरिकता दिँदै जाँदा भोलि हुन सक्ने प्रत्यायोजित कामको जिम्मा कसले लिने भन्दै सरकारलाई प्रश्न गरेकी छिन् ।

विपी कोईरालाकी नातिनीसमेत रहेकी मनिशाले ?“भूराजनीतिक संवेदनशीलता नेपाल सरकारले बुझ्न सकेको खै भन्दै प्रश्न गरेकी छन् ।

जहाँको कार्यकारी प्रमुखले आफ्नो भूमिमिचेर विदेशीले बाटो बनाएको पत्तो पाउँदैनन्, त्यहाँ विदेशी र शरणार्थीलाई नागरिकता दिँदै जाँदा भोलि उनीहरूका माध्यमबाट हुन सक्ने प्रत्यायोजित कामकोजिम्मा कसले लिने उनको प्रश्न छ ” ।

उनको ट्वीटः “भूराजनीतिक संवेदनशीलता नेपाल सरकारले बुझ्न सकेको खै ? जहाँको कार्यकारी प्रमुखले आफ्नो भूमिमिचेर विदेशीले बाटो बनाएको पत्तो पाउँदैनन्, त्यहाँ विदेशी र शरणार्थीलाई नागरिकता दिँदै जाँदा भोलि उनीहरूका माध्यमबाट हुन सक्ने प्रत्यायोजित कामकोजिम्मा कसले लिनेर ?”