२६ माघ, काठमाडौँ । रौतहट जिल्ला यमुनामाई गाउँपालिका वडा नं. ४ को वडा कार्यालय स्थित यमुनामाई गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष सर्फलाल यादव, प्रशासकीय अधिकृत रामश्रेष्ठ राय यादव ज्यूहरुको प्रमुख आतिथ्यता तथा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा ज्यूको अध्यक्षतामा घुम्ती बीमा सेवा कार्यक्रम संचालन भई सफलता पुर्वक सम्पन्न भयो ।
बीमाको पहँुच तथा जनचेतना विकास गर्ने उद्देश्यले संचालित उक्त कार्यक्रममा स्थानीय स्तरवाट व्यापक जनसहभागीता हुनुका साथै कृषि तथा पशुपन्छी बीमालेखहरु जारी गरीएको छ ।