२६ माघ, काठमाडौं । सन्राइज बैंकले नायव प्रमुख कार्यकारी अधिकृतमा आरती राणालाई नियुक्त गरेको छ । संचालक समितिको मिति २०७७ माघ २६, सोमबार बसेको बैठकको निर्णय अनुसार आरती राज्यलक्ष्मी राणा नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएको हो । विगत १९ वर्ष देखि बैकिङ्ग क्षेत्रमा कार्यरत रहेकी राणा २०७६ कात्तिकमा सन्राइज बैंकको नायब महाप्रबन्धकको रुपमा प्रवेश गरेका थिए । SIBM COLLEGE भारतकोे पुनेबाट एमबिए (MBA) गरेकी राणाले सन् २००२ मा एभरेष्ट बैंकको म्यानेजमेन्ट ट्रेनीका रुपमा आफ्नो बैंकिङ्ग करियर सुरु गरेका थिए। एभरेष्ट बैंकमा पाँच वर्ष कार्य पश्चात ग्लोबल आइएमइ बैंकमा डेपुटी म्यानेजरका रुपमा प्रवेश गरेको उनले १२ वर्ष उक्त बैंकमा काम गरेका थिए ।
राणाले बैकले आफू प्रति गरेको विश्वासलाई कदर गर्दै आगामी दिनमा बैंकलाई अझै उचाईमा पु¥याउन लागि पर्ने प्रतिबद्घता जनाए ।