राजनीति

ओली प्रतिगमनविरुद्ध संयुक्त आन्दोलन गर्न हुँदैन भन्नु गम्भीर दृष्टिदोषः डा.भट्टराई

२७ माघ, काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले ओली प्रतिगमनविरुद्ध संयुक्त आन्दोलन गर्दा उपयुक्त हुन्न भन्नु गम्भीर दृष्टिदोष भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त पुर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले ओली प्रतिगमनविरूद्ध संयुक्त आन्दोलन गर्दा आफ्नो पार्टीको हितमा हुन्न भन्नु गम्भीर दृष्टिदोष भएको बताएका हुन् ।

डा.भट्टराईले संयुक्त संघर्षबाट कोही पनि भाग्न नहुनेमा जोड समेत दिएका छन् । शितयुद्धको बाछिटा परेर कांग्रेस-कम्युनिष्ट नमिल्दा राजाको निरंकुशता ३० बर्ष टिकेको कसैलेपनि बिसर्न नहुने धारणा व्यक्त गरेका छन् ।

अहिले नयॉ शितयुद्धको छायॉमा त्यस्तै गल्ती दोहोरिनु ठिक नहुने भन्दै संयुक्त संघर्षबाट कोही भाग्ननहुने बताएका छन् ।

उको ट्वीटः ओली प्रतिगमनविरूद्ध संयुक्त आन्दोलन गर्नु आफ्नो पार्टीको हितमा हुन्न भन्नु गम्भीर दृष्टिदोष हो है ! हिजो शितयुद्धको बाछिटा परेर कांग्रेस-कम्युनिष्ट नमिल्दा राजाको निरंकुशता३ ०बर्ष टिकेको नबिर्सौं । अहिले नयॉ शितयुद्धको छायॉमा त्यस्तै गल्ती दोहोरियोस्सं ! युक्त संघर्षबाट कोही नभागोस् !