माघ २७, काठमाडौं । पुर्व राजा ज्ञानेन्द्र शाहले मुलुकमा पछिल्लो समय जारी राजनीतिक द्वन्दप्रती आलोचना गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त शाहले नेताहरुले आफ्नो स्वार्थपुर्तिका लागी जनतालाई बारम्बार बलिको बोकाे बनाएको टिप्पणी गरेका छन् । पुर्व राजा शाहले मुलुकमा पछिल्ला प्रतिस्पर्धात्मक आन्दोलनप्रति संकेत गर्दै नेता र राजनीतिक दलहरुले आफ्नो स्वार्थपुर्तिका लागी जनतालाई बलिको बोका बनाउनु जनहित बिपरित भएको समेत बताएका छन् ।
जनताको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने सत्तासिन राजनैतिक दल र तिनका नेताहरूले आफ्नो निहित स्वार्थ पूरा गर्नका लागि आम नागरिकलाई बारम्बार बलीको बोका बनाई गरिएका कुण्ठित शक्ति प्रदर्शन केबल एक भ्रम मात्र भएको उनको भनाई छ ।
साथै रानीतिक दलहरुको उक्त कार्य सर्वथा जन हीतबीपरित भएको समेत उनले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपति बिद्यादेबी भण्डारीले संसद बिघटन गरेपछि मुलुकमा बिगत एक महिनादेखी दैनिकजसो बिभिन्न राजनीतिक दलहरुका आन्दोलनहरु भईरहेका छन् ।
उनको ट्वीटः अहंकार र दम्भले कसैको पनि भलो गर्दैन । जनताको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने सत्तासिन राजनैतिक दल र तिनका नेताहरूले आफ्नो निहित स्वार्थ पूरा गर्नका लागि आम नागरिकलाई बारम्बार बलीको बोका बनाई गरिएका कुण्ठित शक्ति प्रदर्शन केबल एक भ्रम मात्र हो जो सर्वथा जन हीतमा छैन ।