आर्थिक

बिदेशी लगानी भित्र्याउँदा पुर्व स्वीकृति नलिनुपर्ने राष्ट्रबैंकले बनायो नयाँ नियम

२७ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिदेशी लगानी नेपाल भित्र्याउँदा पूर्व स्वस्कृति जरुरी नहुने नयाा नियम ल्याउने अन्तिम तयारी गरेको छ । विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७७लाई पुनःव्याख्या गर्दै बिदेशी बिनिमय बिभागले उक्त नियम बनाउने तयारी गरेको हो ।
बिभागका निर्देशक बमबहादुर मिश्रले भने, ‘हामीले नियमावलीको मस्यौदा वेवसाइटबाट सार्वजनिक गरेका र्छौं, थप सुझावहरु आउँछन त्यसपछि आवश्यक सुझावहरु समेटेर फाइनल हुन्छ ।’
राष्ट्रबैंकले आफ्नो वेबसाईटमार्फत सुझावका लागि बिदेशी लगानी बिभिन्न क्षेत्रमा भित्र्याउन बनाएका खुकुला नियमहरु राखेको र सुझावका आधारमा कार्यान्वयन गरिने बताएको छ ।
बिदेशी लागानी गर्न इच्छुकले रकम नेपाल भित्र्याउँदा सामान्य जानकारीमात्र दिए पुग्ने र अहिलेसम्म भएको बिदेशी लगानी नेपाल भित्र्याउँदा हुने झन्झटहरु यसबाट अन्तय हुने दाबी राष्ट्र बैंकको छ ।