२७ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले कांग्रेस कुनै ललिपपको पछाडि दौडन नहुनेमा जोड दिएका छन् ।
सभापती शेरबहादुर देउवालाई दाहाल-नेपाल पक्षले प्रधानमन्त्री बनाउने लोभ देखाएका छन् नी भन्ने ? प्रश्नमा नेता गुरुङले कांग्रेस/बिधि बिधानका लागी दौडिने भन्दै कुनै ललिपपका लागी नदौडिने र दौडिनु नहुने उनको धारणा छ ।
नेता गुरुङले प्रधानमन्त्री/राष्ट्रपति र मन्त्रीको लोभमा राजनीतिक यात्रा तय गर्दा ठेस लाग्ने र ठेस लागेर लडेपछि उठ्न गाह्रो हुने बताएका छन् ।
एक टेलिभिजनसंगको अन्तवार्तामा नेता गुरुङले यस्तो बताएका हुन् । साथै नेता गुरुङले संसद बिघटनका बिरुद्धमा धेरै बोल्न आवस्यक नभएको बताएका छन् । उनले केन्द्रिय समितिले संसद विघटन असंबैधानिक हो भनेर निर्णय गरिसकेकोले यसको विरुद्धमा कसैले बोल्न नमिल्ने बताएका छन् ।
उनले बिभिन्न संबैधानि आयोगहरुमा ओली नेतृत्वको सरकारले गरेको असंबैधानिक नियुक्तिको पनि बिरोध जनाएका छन् । नेता गुरुङले सरकारले गरेको न्युक्तिमा परेकाहरुलाई पार्टीले फिर्ता बोलाउनु पर्ने कि त पार्टीबाट निस्कासन गर्नुपर्नेमा जोड समेत दिएका छन् ।
नेता गुरुङले संसद घिटनका बिरुद्धमा नेपाली कांग्रेस कसैसंग जोडिएर आन्दोलनमा जाने अवस्थाको नआएको पनि बताएका छन् । कांग्रेस ओली सरकारका प्रतिगमनका बिरुद्ध आफ्नै ढंगबाट अगाडी बढ्ने समेत बताएका छन् ।
मुलुकमा बिभिन्न समयमा भएका ठुला-ठुला क्रान्ति/ आन्दोलनको नेतृत्व गरेको ईतिहास कांग्रेसको रहेकाले त्यो ईतिहास कायम राख्नुपर्छ भन्ने आफ्नो धारणा रहेको पनि बताएका छन् । साथै कांग्रेसको नेतृत्वमा अन्य पार्टी सहकार्य गर्न आउँछन् भने अस्वीकार्य नहुने पनि बताएका छन् ।