आर्थिक

बैंक अफ काठमाण्डूले ल्यायाे उच्च स्तरको ईन्टरनेट बैंकिङ्ग सेवा

२७ माघ, काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आईरहेको ईन्टरनेट बैंकिङ्ग सेवा “BOK CLICK” को स्तरोन्ति गरेर विभिन्न आकर्षक सेवा तथा सुविधाहरु थप गर्दै उच्च स्तरको परिमार्जित ईन्टरनेट बैंकिङ्ग सेवा “BOK CLICK” आफ्ना संस्थागत ग्राहकहरु समक्ष प्रस्तुत गरेको छ । जस अन्तर्गत विभिन्न नयाँ सुविधाहरु जस्तै खाताको जानकारी, बहु खाताहरु लिंक र नियन्त्रण, अन्तर बैंक रकमान्तर, IPS सुबिधा, संस्थाको कर्मचारीको तलब व्यवस्थापन तथा तलब रकमान्तरण आदि सम्बन्धि सेवा उपलब्ध हुने जानकारी गराउँदछौं । यस सुबिधाबाट ग्राहकहरुले बैंकिङ्ग कारोबारको लागि बैंक आईरहनुपर्ने समस्यालाई निवारण हुनुका साथै समयसापेक्ष बैंकिङ्ग सेवाको अनुभव गर्न सक्नुहुने विश्वास बैंकले लिएको छ ।
यस प्रणालीको सुरक्षित प्रयोग गर्नः Multi-Layer Authentication को व्यवस्था गरी कुनै कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहकहरु आफैले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरुले मात्र पाउने सुरक्षित तथा सजिलोे व्यवस्था गरीएको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।