आर्थिक

महालक्ष्मी लाईफ इन्स्योरेन्सकाे दोस्रो बार्षिकोत्सव सम्पन्न

२७ माघ, काठमाडौँ । माघ २७ गतेबाट बीमा कारोवार प्रारम्भ गरेको महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कारोवार संचालनको दुई बर्ष पुरा गरेको छ । नेपालको जीवन बीमा बजारमा सबैभन्दा कान्छो र उन्नाइसौ कम्पनीको रूपमा काम शुरू गर्दा नौ वटा पुराना स्थापित कम्पनी र नौ वटा नयाँ कम्पनीहरू संग प्रतिस्पर्धा गर्नु परेको थियो । कसैगरी व्यापार वृद्धि गरी आफूलाई अब्बल देखाउने होड र अस्वस्थ प्रतिस्पर्धा बीच स्वस्थ व्यापार गर्नु आफैमा ठूलो चुनौति थियो । अर्को तर्फ कोभिड(१९को कारण लामो समय सम्म नसोचेको कठिनाई भोग्नु पर्योो।त्यस्तो प्रतिकूल परिस्थितिको बावजुद नियमक निकाय, संचालक समिति,कर्मचारी र अभिकर्ताहरूको सहयोग र प्रयासले कम्पनीले २ बर्षको अवधिमा ६२ वटा शाखा र उपशाखा स्थापना, १६१९० अभिकर्तालाई तालिम, नौ वटा प्रोडक्ट लंच, १६५ करोड बीमा शुल्क संकलन र २५६करोड लगानी गर्न सफल भएको छ ।
स्थापनाको एक वर्ष पछि नै कोरोना महामारीको कारण लक्ष्य अनुसार शाखा संजाल विस्तार, निरन्तर अभिकर्ता तालिम संचालन र व्यवसाय वृद्धि गर्न नसकेतापनि कम्पनीले आ.व २०७५/७६को पोलिशि बोनस न्यूनतम ५०र( ल्याई नयाँ कम्पनीहरू मध्येमा उत्कृष्ट नतिजा ल्याउनु सफल भएको जानकारी गराउन चाहन्छौ । नेपालमा बीमा कारोवार प्रतिको आमजनताको विश्वास वृद्धि गर्न कम्पनिले मितव्ययी तरिकाले ग्रामिण क्षेत्रमा बीमाको पहुच अझै विस्तार गर्ने, गुणात्मक कारोवारलाई जोड दिने, व्यवसायीक अभिकर्ता निर्माण गर्ने र प्रत्येक घरमा एउटा बीमा पुर्यामउने लक्ष्य लिएर काम गर्नेछ ।
कम्पनीले दोस्रो वार्षिक उत्सवको अवसर पारेर आजकै मितिबाट बिक्री गर्ने गरी नँया मनि ब्याक बीमा योजना “ महालक्ष्मी धनधान्य”पोलिशी संचालनमा ल्याएको छ ।आ.व. २०७६/७७को वासलात नाफानोक्सान हिसाब बीमा समितिबाट स्वीकृती पछी ६० करोडको शेयर सर्वसाधारणमा जारी गर्ने गरी प्रकृया शुरू गरेको व्यहोरा पनि जानकारी गराउन चाहन्छौ ।