सामाजिक सञ्जाल

ओली सरकारको ईन्टरनेट सामाजिक सन्जालहरुलाई नियन्त्रण गर्ने प्रयासको प्रतिकार गरौंः दहाल

२८ माघ, काठमाडौं। पत्रकार महासंघका पुर्व सभापति तारानाथ दहालले राजनीतिक र नागरिक पंक्तिले सशक्त प्रतिकारको तयारी गर्नु पर्ने बताएका छन् । उनले ओली सरकारले ठाडो आदेश(ऐन नै नभै निर्देशिका)जारी गरेर ईन्टरनेट सामाजिक सन्जालहरुलाई नियन्त्रण गर्ने तयारी गरेको घोषणा गरेको बिषयको बिरोध गर्दै उक्त कुरा बतामएका हुन् । पुर्व सभापति दहालले यो भयानकर खतरनाक उदघोष हो।आलोचना प्रति कठोर बन्ने अधिनायकबादको संखघोष हो भन्दै सरकारको उक्त कदमप्रति सबै आन्दोलिन हुनुपर्ने बिचार ब्यक्त गरेका हुन् ।
उनको ट्वीटः ओली सरकारले ठाडो आदेश(ऐन नै नभै निर्देशिका)जारी गरेर ईन्टरनेट सामाजिक सन्जालहरुलाई नियन्त्रण गर्ने तयारी गरेको घोषणा गरेको छ।
यो भयानकर खतरनाक उदघोष हो। आलोचना प्रति कठोर बन्ने अधिनायकबादको संखघोष हो। राजनीतिक र नागरिक पंक्तिले सशक्त प्रतिकारको तयारी गर्नु पर्दछ।