समाचार

संसद बिघटनको १३ वटा मुद्धामाथि पुनः सुनुवाई सुरु

२८ माघ, काठमाडौं । संसद बिघटनका बिरुद्धमा परेका रिटमाथि आजको सुनुवाई पुनः सुरु भएको छ । संसद बिघटनका बिरुद्धका बिभिन्न १३ वटा रिटमाथि गत चार माघ देखी सुनुवाई भईरहेको छ । न्यायधीश ईन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार एक दिनका लागी सुनुवाई स्थगीत गरिएको थियो ।

गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपति बिद्यादेबी भण्डारीले संसद बिघटन गरेपछि सर्बाेच्च अदालतमा १३ वटा रिट निवेदन दर्ता भएका थिए ।

त्यबिरुद्ध रिटमाथि सुनुवाई गर्न प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबराले आफ्नो नेतृत्वका पाँच सदस्यीय संबैधानिक ईजलास गठन गरेका थिए ।

आजसम्म उक्त रिटमा निवेदकका तर्फबाट ७० जना भन्दा वढीले बहस गरिसकेका छन् । हाल प्रधानमन्त्री केपी शर्मँ ओलीका निजि कानुन व्यवसायीहरुले सरकारी निर्णयको प्रतिरक्षामा बहस गरिरहेका छन् ।