राजनीति

ओली सरकार बिना लगामको घोंडामा रुपान्तरण भैसक्योः नेता गुरुङ

२८ माघ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुङले संविधान बिपरित जनताको सार्बभौमसत्ता संसद विघटन गर्ने प्रधानमन्त्री ओलीले एकपछि अर्को असंवैधानिक कदम चालिरहेको बताएका छन् । नेता गुरुङले ओली सरकार बिना लगामको घोंडामा रुपान्तरण भैसकेको बताएका छन् । उनले यथार्थ बुझ्न गाह्रो छैन भन्ने दाबी गरेका छन् ।
गुरुङको ट्वीटः संविधान बिपरित जनताको सार्बभौमसत्ता संसद विघटन गर्ने प्रधानमन्त्री ओलीले एकपछि अर्को असंवैधानिक कदम चालिरहेका छन्। ओली सरकार बिना लगामको घोंडामा रुपान्तरण भैसकेको छ। बिना लगामको घोंडा आफुखुशी दौडन्छ। यो यथार्थ बुझ्न गाह्रो छैन।