२९ माघ, काठमाडौं । पुर्व सभामुख दममनाथ ढुंगानाले पछिल्ला समय मुलुकमा नेकपा दुई समुहकाे आन्दोलनलाई लिएर कटाक्ष गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त उनले प्रधानमन्त्री केपी शर्मा ओली समुह र पुष्पकमल दाहाल-माधवकुमार नेपाल दुई समुहका जनप्रदर्शनमुखी दुबै सभाका सहभागी भोलाभाका जनताको आँखा, मन र ध्यानमग्नता साँच्चै कति हेर्न लायक थियो भन्दै दुखेसो पोखेका छन् ।
उनले ओली र दाहाल-नेपाल दुबै समसहलाई नेताजी कहाँ बाँड्नुभयो, जनतसंग गरेका सुखि नेपाल, समृद्ध नेपालीको बाचा भन्दै प्रश्न समेत गरेका छन् । उनले नेताजी, पहिले यो बताइदिनुहोस् कहाँ बाँड्नुभयो, हामीलाई वचन दिएको त्यो सुखी नेपाली, समृद्ध नेपालुको त्यो मीठो मीठो सपना भन्दै प्रश्न गरेका हुन् ।
ओलीले गरेको संसद बिघटनका बिरुद्धमा उत्रिएका पुर्व सभामुख ढुंगानाले फेरी यस्तो प्रश्न गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपति विद्यादेबी भण्डारीले गत पुष ५ गते संसद बिघटन गरेपछि दुई समसुहमा बिभिजित उक्त समुहले पछिल्ला समय मुलुकमा भिनिन्न जिल्लाबाट जनतालाई ल्याएर प्रतिस्पर्धात्मक आन्दोलन गरिरहेका छन् ।
उनको ट्वीटः के.पी.-पि.के.को जनप्रदर्शनमुखी दुबै सभाका सहभागी ती भोलाभाला जनताको आँखा, मन र ध्यानमग्नता साँच्चै कति हेर्न लायक थियो, त्यो हृदयपर्शी जिज्ञासा-नेताजी, पहिले यो बताइदिनुहोस् कहाँ बाँड्नुभयो, हामीलाई वचन दिएको त्यो सुखी नेपाली, समृद्ध नेपालुको त्यो मीठो मीठो सपना !