२९ माघ, काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले प्रतिगमका बिरुद्ध सशक्त प्रतिरोध गर्नुपर्नेमा जोड दिएका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त पुर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले राजनीतिक संगै सामाजिक र सास्कृतिक क्षेत्रमा समेत प्रतिगमन हुन थालेको भन्दै यसका बिरुद्ध सशक्त प्रतिरोधमा उत्रनु पर्नेमा जोड दिएका हुन् ।
महिला विदेश जॉदा अभिभावकको स्वीकृति चाहिने कुरा संविधानले प्रत्याभूत गरेको लैंगिक समानता र स्वतन्त्रताको हकविरूद्ध मात्र हैन देशलाई मध्ययुगतिर फर्काउने हास्यास्पद जमर्को भएको बताएका छन् ।
नेपाली महिलाहरु विदेश भ्रमणमा जाँदा परिवारको स्वीकृति अथवा स्थानीय तहको सिफारिस आवश्यक पर्ने भन्ने बिभिन्न समाचारहरु सार्वजनिक भएपछि डा भट्टराईले सामाजिक सञ्जाल माफर्त बिरोध जनाएका हुन् ।
उनको ट्वीटः महिला विदेश जॉदा अभिभावकको स्वीकृति चाहिने कुरा संविधानले प्रत्याभूत गरेको लैंगिक समानता र स्वतन्त्रताको हकविरूद्ध मात्र हैन देशलाई मध्ययुगतिर फर्काउने हास्यास्पद जमर्को पनि हो । प्रतिगमन राजनीतिक मात्रै हैन संगसंगै सामाजिक/सांस्कृतिक सबै क्षेत्रमा हुॅदैछ१ सशक्त प्रतिरोध गरौं ।