समाचार

राम्रा काम गरेको कारण युवा प्रधानमन्त्रीको समर्थनमा छन्ः बस्नेत

२९ माघ, रुपन्देही / नेपाल कम्युनिष्ट पार्टी नेकपाका युवा नेता महेश बस्नेतले राम्रा काम गरेकै कारण युवाले प्रधानमन्त्रीको कदमको समर्थन गरेको बताएका छन् ।
फागुन १ गते बुटवलमा आयोजना गरिएको जनसभाको प्रचारका लागि आज बुटवलमा आयोजित ¥यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता बस्नेतले प्रचण्ड–माधव समूहले देशलाई विखण्डको दिशातर्फ लैजाने प्रयत्न गरेका कारण युवाले साथ दिन नसकेको उल्लेख गरे ।
“प्रधामन्त्रीको लोकप्रियताले नै आज युवाले वी लभ यु केपी ओली भन्दै हिँडेका छन् । यो सुनेर प्रचण्ड–माधव समूह झनै आत्तिएका छन्”, उनले भने । युवा जहिले पनि विकास र समृद्धिको पक्षमा रहेको बताउँदै उनले प्रधानमन्त्री ओलीले मात्रै यो अभिभारा पूरा गर्न सक्ने विश्वास व्यक्त गरे ।
नेकपा रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले देशका हरेक राजनीतिक परिवर्तनमा युवाको भूमिका महत्वपूर्ण रहेको बताउँदै अबको राजनीतिक निकासका लागि पनि युवाको सक्रियता आवश्यक रहेको बताए । युवा नेता गोपाल रानाले नयाँ सन्देश प्रवाह गर्ने भएकाले बुटवलको जनसभा विशेष हुने बताए ।