समाचार

जोन्टा क्लब काठमाडौँद्वारा ललितपुर महानगरीय प्रहरीलाई डेस्कटप र ल्याप्टप वितरण

२९ माघ, काठमाडौं । काठमाडौँको जोन्टा क्लबले यस वर्ष केटी र महिला हिंसाका घटनालाई सहयोग पु¥याउनललितपुर महानगरपालिका १०० हेल्पलाइनसँग सम्झौताग¥यो। केटीहरु र महिला हिंसामा कार्यरत कन्ट्रोल रुमलाई सहयोग पु¥याउने हिसाबले क्लबले २१ फेब्रुअरी २०२१ माललितपुर महानगरपालिका, जावलाखेलमा ४ वटा डेस्कटप र २ वटा ल्याप्टप प्रदान गरे।
जोन्टा वकिल समिति र ललितपुर महानगरपालिकाका सदस्यहरुको उपस्थितिमा जोन्टा क्लब अफ काठमाडौँ श्ल् का जोन्टा क्लबका अध्यक्ष सीमा गोल्छाले ललितपुर महानगरपालिकाका एस.एस.पी किरण बज्राचार्यलाई ल्याप्टपहरु हस्तान्तरण गरे।
लक्ष्मी बैँकले(२ वटा डेस्कटप), दया फाउन्डेसनले (१ वटा ल्याप्टप), ज्योति समूहले (१ वटा डेस्कटप), गोल्छा समूहले (१ वटा डेस्कटप),संस्कृत विद्यालयले (१ वटा ल्याप्टप) गरी जम्मा ६ वटा कम्प्युटरर्सहरु प्रदान गरेका थिए।

एस.एस.पी किरण बज्राचार्यले भने ,“ललितपुर मेट्रोपोलिटन प्रहरी हेल्पलाइन १०० लाई कलहरु कुशलतापूर्वक व्यवस्थापन गर्न र पीडितलाई सहयोग पु¥याउन प्राविधिक स्रोतको कमी पर्दै आएको थियोे। कल र गुनासोहरु नोटमा म्यानुअल रुपमा रेकर्ड गरिन् थियो । र केसहरु अनुसन्धान गर्न सक्षम भएका थिएनन्। थप कम्प्युटरहरुको सहयोगले १०० मा डायल गरी हामी नागरिकहरुलाई उनीहरुको गुनासोको लागिमदतगर्न, कलहरु प्रबन्धगर्न र ट्रयाक गर्न सक्षम हुनेछाैँ।

अध्यक्ष सीमागोल्छाले भने“हेल्पलाइनमार्फत महिलालाई सहयोग पु¥याउन र यस साझेदारीको लागिहाम्रो वकालतवकीलको टोलीको परामर्श मार्फत मुद्दाहरु सुल्झाउनका लागि हामी यी कम्प्युटरहरु उपलब्ध गराउन कृतज्ञ छौँ। हामी थप महिलाहरुलाई समर्थन गर्ने र उनीहरुलाई सशक्तिकरण गर्ने आशा गर्दछौँ।

जोन्टा क्लब काठमाडौँ नेपाल कानुनी रुपमा दर्ता गरिएको काठमाडौँको एन्.जी.ओ हो जुन २०१२माजोन्टा इन्टरनेसनलको छाता अन्तर्गत स्थापनाभएको हो। यो सेवा र वकालतमार्फत राष्ट्रिय र स्थानीय तहमा अर्धव्यवस्था, शिक्षा, स्वास्थ्य, युवा र महिलाविरुद्घहुने हिंसा सम्बन्धि मुद्दाहरुको सुधार गर्ने उद्येश्यका साथमहिलाको स्थितिको प्रगतिमा काम गरिरहेको छ। नेपाल अफिसियल्ली ६४औँ राष्ट्रहो जुनआधिकारिक रुपमा चार्टर्ड हुनेछ। हाम्रो क्लबलाई प्रतिनिधित्व गर्ने ५४ सदस्यहरु छन् जुनविविध पृष्ठभूमिका छन्जसमा सामाजिक कार्यकर्ताहरु, बैँकहरु, उद्योगहरु, डाक्टरहरु, वकिलहरु, आर्किटेक्टहरु, व्यवसायिक नेताहरु र पेशेवरहरु पर्दछन ।