पु.समाचार

संग्रौलाको टिप्पणीः किन रोइस् मङ्गले आफ्नै ढङ्गले !

३० माघ, काठमाडौं । बुद्धिजिवी खगेन्द्र संग्रौलाले नेकपा दाहाल-नेपाल नेतृ रामकुमारी झाँक्रीको पक्राउलाई लिएर कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त संग्रौलाले शक्तिको उन्माद र अन्धमति अहंकारका कारण रामकुमारी झाँक्रीलाई पक्रिनु अरिङ्गालको गोलोमा हात घुसार्नुजस्तै हो भन्ने कटु यथार्थको प्रधानमन्त्री र राष्ट्रपति विद्यादेबी भण्डारीलाई हेक्का नरहेको भन्दै कटाक्ष गरेका छन् ।

बिहिबार राष्ट्रपति बिद्यादेवी भण्डारीको बिरोधमा खरो रुपमा उत्रिएकी नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेपछि सर्बत्र सरकारको बिरोध भईरहेका बेला उनले यस्तो ट्वीट गरेका हुन् । साथै चौतर्फि बिरोध पछि नेतृ झाँक्रीलाई रिहा गरिएको छ । 

बिच्केका अरिङ्गालहरूले चिलेर सातो गएपछि यिनले आँफैँलाई भने हुनन् ! किन रोइस् मङ्गले आफ् ढङ्गले भन्दै कटाक्ष गरेका छन् ।

उनको ट्वीटः शक्तिको उन्माद र अन्धमति अहंकारका कारण रामकुमारी झाँक्रीलाई पक्रिनु अरिङ्गालको गोलोमा हात घुसार्नुजस्तै हो भन्ने कटु यथार्थको प्रम ओलीली र राष्ट्रपति विद्यालाई हेक्का रहेन । बिच्केका अरिङ्गालहरूले चिलेर सातो गएपछि यिनले आँफैँलाई भने हुनन्ः किन रोइस् मङ्गले आफ् ढङ्गले !