सामाजिक सञ्जाल

पार्टी र नेतालाई जनताका सपना पछ्याउन लगाउँः डा. आचार्य

३० माघ, काठमाडौं । पूर्वाधार विज्ञ डा.सुर्यराज आचार्यले लोकतन्त्रमा नागरिकले नभई नेताले नागरिकका सपना पछ्याउने भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त डा.आचार्यले लोकतन्त्रमा नागरिकले नेताका सपना पछ्याउने नभई नेताले नागरिकका सपना पछ्याउनु पर्नेमा जोड दिएका हुन् ।

उनले पार्टी र नेतालाई जनताका सपना पछ्याउन लगाउँनु पर्नेमा पनि जोड दिएका छन् । डा.आचार्यले वर्षौं देखि नेताका सपना पछ्याउँदै गर्दा नागरिकले आफ्ना सपना देख्न बिर्सिसकेको भन्दै लोकतन्त्रलाई सबल बनाउन नागरिकका सपना जगाउँनु पर्ने  व्यक्त गरेका छन्  ।

साथै आचार्यले बेलाबखतमा लिक बाहिर जान खोज्ने राजनीतिलाई लगाम लगाएर ठिक ठाउँमा राख्ने भुमिकाक‍ो मिडिया र बौद्धिक समाज नै पूर्वाग्रह को खेतखेतै दौडिँदै हो कि जस्तो देखिएको टिप्पणी समेत गरेका छन् ।

मिडिया देशको चौथो अंगको विश्वसनीयता लोकतन्त्रको महत्वपूर्ण खम्बा भएको र लामो कालखण्डमा आर्जित विश्वसनीताको पुँजि बेफ्वाँकमा खर्च नगर्न सचेत समेत गराएका छन् ।