सामाजिक सञ्जाल

धनराज गुरुङले अख्तियारलाई कडा ब्यंग्य गर्दै भने, ‘बधाई छ ढाकछोप आयोगलाई’

३० माघ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुङले अख्तियारले आयल निगम जग्गा खरिदको डेढ अर्ब भ्रष्टाचार काण्डको फाइल बन्द गरेकोमा आश्चार्य व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै जुन काण्डमा जग्गाधनीहरुलाई मालपोत कार्यलयमा सहिछाप गराएको मूल्य, तत्कालीन समयमा उनीहरुले पाएको यथार्थ रकम भन्दा ३ः४ गुणा बढी भएको दाबी गरेका छन् । उनले चल्तीको मूल्य भन्दा पनि ३ः४ गुणा बढी भएको फाई नै बन्द गरेको भन्दै अख्तियार दुरुपयोग अनुसंधान आयोगलाई ब्यंग्यात्मक रुपमा बधाई नै दिएका छन् । उनले अख्तियार दुरुपयोग अनुसंधान आयोगलाई ढाकछोप आयोगको संज्ञासमेत दिएका छन् । उनले भनेका छन्, ‘बधाई छ ढकछोप आयोगलाई !’

नेता गुरुङको ट्वीटः अख्तियारले आयल निगम जग्गा खरिदको डेढ अर्ब भ्रष्टाचार काण्डको फाइल बन्द गरेछ। जुन काण्डमा जग्गाधनीहरुलाई मालपोत कार्यलयमा सहिछाप गराएको मूल्य, तत्कालीन समयमा उनीहरुले पाएको यथार्थ रकम भन्दा ३ः४ गुणा बढी छ। साथै चल्तीको मूल्य भन्दा पनि ३ः४ गुणा बढी छ।
बधाई छ ढकछोप आयोगलाई !