१ फागुन, काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले ओली सरकारको प्रतिगमनका बिरुद्ध उत्रिएका युवाको प्रसंसा गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीट माफर्त पुर्व प्रधानमन्त्री समेत रहेका डा.भट्टराईले उदाउॅदो नयॉ पुस्तालाई सलाम गरेका छन् । उनले पुराना पुस्ताका नेता र पार्टी झर्ला र खाउॅला भनेर ज्योतिष/पशुपतिनाथ/ शक्तिकेन्द्रको मुख ताकेर बसेको बेला प्रतिगमनका विरूद्ध नयॉ पुस्ता र नागरिक आन्दोलकारी सडकमा उत्रनु स्तुत्य रहेको बताएका छन् ।
संसद बिघटनका बिरुद्ध आन्दोलनर डा.भट्टराईले ट्वीटमा आन्दोलनरत युवाहरुको तस्वीर सार्वजनिक गर्दै यस्तो बताएका छन् । डा.भट्टराईले संघर्षबाटै पुरानालाई विस्थापित गरेर नयॉ नेतृत्वको उदय हुने इतिहासको नियम भएको धारणा व्यक्त गरेका छन् ।
उनको ट्वीटः पुराना पुस्ताका नेतारपार्टी झर्ला र खाउॅला भनेर ज्योतिष /प शुपतिनाथ/शक्ति केन्द्रको मुख ताकेर बसेको बेला प्रतिगमनका विरूद्ध नयॉ पुस्ता र नागरिक आन्दोलकारी सडकमा उत्रनु स्तुत्य छ । संघर्षबाटै पुरानालाई विस्थापित गरेर नयॉ नेतृत्वको उदयहुने इतिहासको नियम हो । उदाउॅदो नयॉ पुस्तालाई सलाम !