सामाजिक सञ्जाल

खगेन्द्रको जिज्ञासाः प्रधानमन्त्री ओलीको दिनगन्ती सुरु भएको हो ?

१ फागुन, काठमाडौं । वुद्धिजिवि तथा साहित्यकार खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त पछिल्ला समय भएका बिभिन्न क्रियाकलापले ओलीको दिनगन्ति सुरु भएको हो त ? भन्दै प्रश्न समेत गरेका छन् ।

पछिल्ला समय प्रधानमन्त्रीबाट भएका बिभिन्न गैरसंबैधानिक  क्रियाकलापको बिरोध गर्दै आएका संग्रौलाले हैन, ओली प्रवृत्तिको दिनगन्ती सुरू भाको हो कि कसो ?  भन्दै प्रश्न गरेका छन् ।

उनले प्रधानमन्त्री ओलीको तानाशाह बन्ने तृष्णा तृप्त गर्न राष्ट्रपतिले राष्ट्रपतीय संस्थाको विधि, मर्यादा र गरिमालाई ध्वस्त पारेको ओलीलाई  प्रिय लाग्ने टिप्पणी समेत गरेका छन् ।

उनले राष्ट्रपतिका नकामप्रति छिसिक्क टिप्पणी गर्दा रामकुमारी झाँक्री पक्राउ परेको भन्दै राष्ट्रपति र प्रधानमन्त्री दुबैको आलोचना समेत गरेका छन् ।

उनको ट्वीटः प्रम आलीको तानाशाह बन्ने तृष्णा तृप्त गर्न राष्ट्रपतिले राष्ट्रपतीय संस्थाको विधि,मर्यादा र गरिमालाई ध्वस्त पारेको प्रम ओलीलाई प्रिय लाग्छ,राष्ट्रपतिका नकामप्रति छिसिक्क टिप्पणी गर्दा रामकुमारी झाँक्री पक्राउ परिछन् । हैन, ओलीली प्रवृत्तिको दिनगन्ती सुरू भाको हो कि कसो ?