१ फागुन, बलेवा / बागलुङबाट प्रकाशन हुने कालिका साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय पार्षद् दुर्गादत्त आचार्यको निधन भएको छ । उनको हृदयघाटका कारण आज निधन भएको परिवारले जनाएको छ ।
शुक्रबार पोखरामा भएको एक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा कास्कीको लुम्लेमा पुग्दा उनलाई हृदयघात भएको थियो । उपचारका क्रममा उनको पोखरामा मृत्यु भएको हो । नेपाल प्रेस युनीयन बागलुङका पूर्वअध्यक्ष्समेत रहेकाआचार्य सामाजिक र पत्रकारिता क्षेत्रमा क्रियाशील थिए ।
लामो समय शिक्षण पेशमा बिताएका आचार्यले धौलागिरि अञ्चलकै पहिलो एफएम रेडियो धौलागिरि एफएम व्यवस्थापन समितिका पूर्वअध्यक्षसमेत थिए। उनको अवकाश प्राप्त शिक्षकसमेत छन् ।